काठमाडौँ । आज राष्ट्रिय भक्का (भाक्का) दिवस मनाइँदै छ । आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का ९भाक्का० लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ ।
राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको छ ।
पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन पनि छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।
कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ ।
FACEBOOK COMMENTS