काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ ।
आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली एक्सप्रेसबीचको खेल टसको लागि दुवै टोली मैदानमा नआएपछि ढिलाइ भएको छ ।
बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम. नजमुल इस्लामले पूर्व कप्तान तमिम इकबाललाई ’भारतीय एजेन्ट’ भनेपछि क्रिकेटर कल्याण संघले सबै खेल बहिष्कार गर्ने घोषणा गरेको थियो ।
तमिमले भारत र बंगलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि निर्देह्स्क इस्लामले उनलाई ’भारतीय एजेन्ट’ भनेको बताइएको छ ।
बंगलादेश क्रिकेट बोर्डले इस्लामलाई स्पष्टिकरण सोधेको भएपनि खेलाडी संघले भने उनलाई हटाउन माग गरेको बताइएको छ ।
FACEBOOK COMMENTS