काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल तराई भू–भागका थोरै स्थानहरुमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागी बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै आज राती तराई भू(भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
FACEBOOK COMMENTS