काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदैछन् ।
आज समुह बी अन्तर्गत नेपालले बिहान ९ बजेदेखि नेपाल र नेदरल्याण्डसबीच टियु क्रिकेट मैदानमा खेल हुदैछ । जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने नेदरल्याण्डसले यस अघि खेलेका आफ्ना दुवै खेलमा जित हासिल गरेको छ ।
त्यस्तै समुह ए अन्तर्गत आज अर्को खेल बिहान ९ बजे बंगलादेश र नामिबियाबीच माथिल्लो मुलपानी मैदानमा हुदैछ । बंगलादेशले यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने नामिबियाले आफ्नो पहिलो खेलमा हार बेहेरेको छ ।
त्यसैगरी समुह ए अन्तर्गत आज दिउसो १ बजे टियु क्रिकेट मैदानमा आयरल्याण्ड र अमेरिकाबीच खेल हुदैछ । आयरल्याण्डले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने २ खेल खेलेको अमेरिकाले एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै समुह बी अन्तर्गत आजै दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा स्कटल्याण्ड र जिम्बाबेबीच खेल हुदैछ । स्कटल्याण्डले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने जिम्बाबेले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

FACEBOOK COMMENTS