काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल सुदूरपश्चिममा रहेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा रहेका छन् । बालेनले आज डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी प्रचार गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज बालेन बिहान ९स्३० बजे डडेलधुरा, पार्टी सम्पर्क कार्यालय, महेश्वरीमा कार्यक्रम गर्ने छन् भने अपराहन्न साढे १२ बजे बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी हुने छन् ।
त्यसपछि दिउसो ४ बजे दार्चुलाको गोकुलेमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी भएपछि बालेन राति ८ बजे बझाङस्थित बुइङ्गलमा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

FACEBOOK COMMENTS