काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS