काठमाडौँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ ।
मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेलमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फम्र्याटमा खेल्न लागेको यो पहिलो पटक हो
आजको खेलमा इङल्याण्डको प्लेइङ–११ मा कप्तान ह्यारी ब्रूक, फिल साल्ट, जोस बटलर, ज्याकब बेथेल, टम बानटन, साम कुरान, विल ज्याक, लियाम डावसन, जोफ्रा आर्चर, आदील राशिद र लुक वूडलाई सामेल गरेको छ ।
त्यस्तै नेपालको प्लेइङ–११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, शेर मल्ल, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने ।

FACEBOOK COMMENTS