वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समुहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाईते भएका छन् ।
आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मुल्य बढिको कपडा बरामद गरेको छ ।
कपडा बरामदपछि तस्कर समुह आक्रमणमा उत्रिएका थिए । तस्कर समुहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षती पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाईते भएका छन् । बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
FACEBOOK COMMENTS