काठमाडौँ । श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ ।
जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको हो । यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन बनाएका थिए ।
त्यसैगरी ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS