काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ९.४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले बोनस शेयर पाउनेछन् ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

FACEBOOK COMMENTS