काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १ सय ९५ रुपैँयाको १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैंया बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैंया नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी ३ अर्ब ५० करोडको ८.२५ प्रतिशतका दरले हुने रकम १० करोड ७५ लाख ८९ हजार ४१ रुपैंया नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मितिदेखि आसार मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


यसैगरी, सधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
