काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् ।
आज पहिलो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि शुरु हुदैछ ।
जारी विश्वकपमा अस्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन् । सुपर आठको दौडमा दुवैका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह डी अन्तर्गत क्यानडा र युएईबीच हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
त्यसैगरी आज तेस्रो खेल समुह ए अन्तर्गतको नेदरल्याण्डस र अमेरिकाबीच हुदै छ । भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा नेदरल्याण्डसले २ खेलमा २ अंक हासिल गरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

FACEBOOK COMMENTS