काठमाडौं । चुनाव प्रचारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज बिहान १० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गर्ने तालिका छ ।
चुनाव नजिकिएसँगै मतदाता भेट्न ओली आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् । आसन्न प्रतिनिधिसभा चुनाव प्रचारका लागि गत २३ माघमा आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा पुगेका ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग भेटेर केहीदिन अघि मात्र काठमाडौं फर्किएका थिए ।
निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओलीले गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका मतदाताका गुनासा र समस्याबारे जानकारी लिएका थिए ।
FACEBOOK COMMENTS