काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गर्ेको छ ।
उनलाई आज साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । अहिले उनलाई परिसर ल्याइएको परिसरकार प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए ।
यसअघि प्रसाई माघ २३ गते काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । उनी त्यसको २ दिन पछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए ।
FACEBOOK COMMENTS