काठमाडौँ । स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकपको समुह सी अन्तर्गतको यस खेलमा टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको हो ।
स्कटल्याण्डका लागि माइकल जोन्सले सर्बाधिक ७१ रन बनाए भने जर्ज मुन्सीले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । सोमपालले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै नन्दन यादवले २ विकेट लिएका छन् भने कप्तान रोहित शर्मा र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS