काठमाडौं । नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि (लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी) ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष “एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे” अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गरेको जनाइएको छ ।
फोर्थिङ फ्राइडे ईभीको खरिदमा ग्राहकहरूले यो विशेष अफर अन्तर्गत रु सात लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । यस अफरमा पुरानो गाडीको उचित मूल्याङ्कन र आकर्षक एक्सचेन्ज सुविधा, नयाँ गाडीको खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, अटो प्लस इन्स्योरेन्स, सडक कर, नि:शुल्क स्पेयर टायर र एसी चार्जर र सप्राइज गिफ्ट्स रहेको छ ।
लक्ष्मी ई–मोबिलिटी प्रालिका अनुसार हाम्रो यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा हो ।
FACEBOOK COMMENTS