काठमाडौं । नेपाली खेलकुद क्षेत्रमा निजी क्षेत्र र खेलाडीबीचको सहकार्यले नयाँ ऊर्जा थपेको छ।
आक्र्स फुड र राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले सुरु गरेको साझेदारीले छोटो समयमै उल्लेखनीय उपलब्धि दिलाएको छ।
साझेदारी प्रारम्भ हुँदा विश्व वरियतामा ५२७औँ स्थानमा रहेका महर्जनले हालै सम्पन्न ध्त्त् क्तबच ऋयलतभलमभच ऋजभललबष् द्दण्द्दट मा उत्कृष्ट प्रदर्शन गर्दै ३९१औँ स्थानमा उक्लिन सफल भएका छन्। यो उपलब्धिसँगै उनी विश्व वरियतामा यस्तो ऐतिहासिक सुधार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
आक्र्स फुडले महर्जनको तालिम, अन्तर्राष्ट्रिय यात्रा तथा प्रतियोगितामा सहभागिताका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।
कम्पनीका अनुसार खेल क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ र प्रतिभाशाली खेलाडीहरूलाई आवश्यक अवसर तथा स्रोत उपलब्ध गराउनु समयको माग हो।
यस अवसरमा सोमपाल कामीले नेपालमा प्रतिभाको कमी नभए पनि अवसर र सहयोगको अभाव ठूलो चुनौती रहेको उल्लेख गरे।
उनले भने, “यदि हामीले यस्तै प्रकारको सहयोग अन्य प्रतिभावान् खेलाडीहरूलाई पनि निरन्तर दिन सक्यौँ भने, हाम्रो देश खेलकुद क्षेत्रमा धेरै राम्रोसँग अगाडि बढ्न सक्छ ।”
रुबिन महर्जनले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको नाम उज्यालो बनाउने प्रतिबद्धता जनाए।
उनका अनुसार यस समर्थनले आत्मविश्वास र लक्ष्यप्रति समर्पण अझ बलियो बनाएको छ। उक्त ऐतिहासिक सफलताप्रति आक्र्स फुडले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
कम्पनीले जारी गरेको सन्देशमा रुबिनको सफल र उज्ज्वल यात्राको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई अझ उच्च शिखरसम्म पुग्न निरन्तर प्रेरणा र साथ दिने दृढ प्रतिबद्धता दोहोर्याएको छ।
आक्र्श फुडकाअनुसार यो सहकार्य केवल एक खेलाडीको सफलतामा सीमित नभई समग्र नेपाली खेलकुदको विकासतर्फको महत्वपूर्ण कदम हो।

यदि यस्तै सहकार्य र समर्थन अन्य खेलाडीहरूका लागि पनि विस्तार गर्न सकियो भने, नेपाल खेलकुद क्षेत्रमा अझ सशक्त र व्यवस्थित रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ। रुबिन महर्जनको यो उपलब्धि आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS