सिरहा । सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका—५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो ।
पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका—३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई आज नियन्त्रणमा लिइएको हो ।
बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो । सो क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कूल १४ लाख) फेला परेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS