काठमाडौं । नेपाल तेक्वान्दो संघ द्वारा फेवरेरी १६ देखि २० काठमाडौंको दशरथ रङ्गशालामा आयोजित चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ मा जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरुले २ स्वर्ण र १ काँस्य गरि कुल ३ अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको छ।
मुविक्क्षा गजुरेलले जुनियर महिला गेरोगी विधा तर्फ ६३ के.जी. तौल समुहमा स्वर्ण , सुप्रिया जोशीले क्यडेट महिला गेरोगी विधा तर्फ ३३ के.जी.तौल समुहमा स्वर्ण र आभिष मानन्धरले क्यडेट पुरुष गेरोगी विधा तर्फ ६५ के.जी.तौल समुहमा काँस्य पदक जित्न सफल भएको छ।
५ दिन सम्म आयोजना भएको यस अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल लगायत २३ मुलुकका १२ भन्दा बढी खेलाडीहरु तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको सहभागीता रहेको थियो। उक्त प्रतियोगितामा क्लवका अध्यक्ष राजेश प्रजापति जुरी र अन्जीत राई टिम प्रशिक्षकको भुमिका निर्वाह गरेका छन् भने सहभागितामा लाग्ने सम्पूर्ण खर्च जैशिदेवल युथ क्लवको रहेको छ।

FACEBOOK COMMENTS