सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा शनिबार झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएपछि विवाद बढेर झडपको स्थिति बनेको थियो ।
जसका कारण परिस्थिति असामान्य बनेपछि दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ।
कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि नियन्त्रणका लागि लाठीचार्ज गर्नुपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए। अहिले स्थिति सामान्य बनिसकेको छ ।
FACEBOOK COMMENTS