काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी एन्फा राष्ट्रिय लिगका खेलहरू आजबाट पुन: सञ्चालन हुनेछन् ।
मोफसलका प्रतियोगिताहरूका लागि केही समयको ब्रेकपछि राष्ट्रियले पुन: सञ्चालन हुन लागेको हो ।
राष्ट्रिय लिगका आज दुई खेल हुनेछन् पहिलो खेलमा नेपाल एपीएफ क्लब र जनजागृति क्लब बीच खेल हुनेछ। एपीएफ र जनजागृतिले आज दिउँसो १२:१५ मा एन्फा कम्प्लेक्समा खेल्नेछन् । त्यस्तै , दोस्रो खेल न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङदि बीच दिउँसो ४ बजे हुनेछ ।
यस प्रतियोगितामा ए डिभिजनका १३ क्लब र एन्फा प्रेसिडेन्ट लिगको शीर्ष ४ गरी १७ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रिय लिगमा मछिन्द्र क्लब ६ खेलमा १६ अंकसहित शिर्ष स्थानमा छ भने लालीगुँरास क्लब ६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।
त्यस्तै एपीएफ ५ खेलमा १३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नव जान जागृति युवा क्लब ५ खेलमा सबै खेल हारेर पुछारमा रहेको छ ।

FACEBOOK COMMENTS