काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई नियुक्त गरेको छ ।
प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
न्याय परिषद्को सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो । उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रूपमा काम गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS