झापा । निर्वाचन प्रचार प्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दैछन् ।
बिहान दमक ९ को चियादोकानमा ९:३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित छन् ।
गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट गर्दैहुनुहुन्छ । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज ५ को शैयाका टोली,हरिरा,माथिल्लो दिनाभद्री,अल्ताबारी,दुर्गा मन्दिर,नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बाह्रशुद्धी,लतिझुला,भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी,ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ । यस अघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउनेछन् ।
FACEBOOK COMMENTS