काठमाडौंं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन सोही मूल्यमा किनबेच हुनेछ ।
यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । हिजो भने पाँच हजार ५८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
FACEBOOK COMMENTS