काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर पार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
योसँगै मोदी इन्स्टाग्राममा १० करोड फलोअर पार गर्ने विश्वको पहिलो नेता तथा राजनीतिज्ञ बनेका हुन् । मोदी सन् २०१४ मा इन्स्टाग्राममा आबद्ध भएका थिए ।
पछिल्लो एक दशकमा उनको आधिकारिक खाता विश्वका नेताहरूमध्ये सबैभन्दा सक्रिय र आकर्षक डिजिटल प्लेटफर्ममध्ये एकका रूपमा विकसित भएको पाइएको छ । उनका पोस्टहरूमा सरकारी गतिविधि, अन्तर्राष्ट्रिय भ्रमण, सांस्कृतिक कार्यक्रम तथा व्यक्तिगत झलकसमेत समेटिने गरेका छन् ।
मोदी पछि धेरै फलोअर संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् । ट्रम्पका ४ करोड ३२ लाख फलोअर्स रहेका छन् ।
त्यस्तै इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो १ करोड ५० लाख फलोअर्स छन भने ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका १ करोड ४४ लाख फलोअर्स, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान १ करोड १६ लाख फलोअर्स र अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई ६४ लाख फलोअर्स रहेका छन् ।

डिजिटल माध्यममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका कारण नेताहरुको सामाजिक सञ्जाल उपस्थिति प्रभावशाली बन्दै गएको विश्लेषण गरिएको छ।

FACEBOOK COMMENTS