काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। बुधबार स्थिर रहेको सुनको भाउ प्रतितोला आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
FACEBOOK COMMENTS