काठमाडौं । इरान र इजरायलबीचको युद्धले अब खाडी क्षेत्रका अन्य शान्त मुलुकहरूलाई पनि सिधै चपेटामा पारेको छ। इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।
इरानी सरकारी समाचार एजेन्सी इरनाका अनुसार निर्दोष बालिकाहरू पढिरहेको विद्यालयलाई निशाना बनाइएपछि इरानभित्र आक्रोश चुलिएको छ। यसैबिच इरानले इजरायलमाथि मिसाइलको नयाँ लहर प्रहार गरेको छ, जसका कारण तेल अभिभसहित इजरायलका विभिन्न सहरमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।
इजरायली सेनाले इरानबाट ठूलो संख्यामा मिसाइलहरू प्रहार भएको पुष्टि गर्दै देशभर चेतावनीका साइरनहरू बजाएको छ। सेनाले आफ्ना वायुसेनाका विमानहरूले ती मिसाइललाई आकाशमै नष्ट गर्ने प्रयास गरिरहेको बताए पनि सुरक्षा पूर्ण रूपमा अभेद्य नरहेको स्वीकार गरेको छ।
इजरायलले आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र होम फ्रन्ट कमाण्डु को निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ। यता कतारको राजधानी दोहामा पनि दोस्रो चरणको आक्रमणका क्रममा नयाँ विस्फोटहरू सुनिएका छन्। कतारको रक्षा मन्त्रालयले आफ्नो भूमिमा लक्षित सबै मिसाइलहरूलाई खसालेको दाबी गरेको छ।
बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण

FACEBOOK COMMENTS