काठमाडौं । इरानका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ ।
इरानी मिडिया आइएलएनएले शनिबार भएको आक्रमणमा उनको मृत्यु भएको जनाएको हो ।
समाचारअनुसार इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको हवाई आक्रमणका क्रममा तेहरानको उत्तर-पूर्वी क्षेत्र नारनाकस्थित उनको निवासलाई निशाना बनाइएको थियो ।
उक्त आक्रमणमा अहमदिनेजादसँगै उनका केही सुरक्षाकर्मी पनि मारिएको दाबी गरिएको छ ।
अमेरिका-इजरायलको आक्रमणमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबि गरिएको छ ।

FACEBOOK COMMENTS