काठमाडौं । इनड्राइभले चालक साझेदारहरूलाई सम्मान गर्न “प्लेटिनम ड्राइभर्स गिभअवे” अभियान पुन: सुरु गरेको छ। सहभागी चालकहरूले फेब्रुअरी २३ देखि मार्च १ सम्म न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्छ। ग्रान्ड पुरस्कारमा ‘टाटा एक्सप्रेस–टी ईभी’ कार र ‘याडिया भेलाक्स ईभी’ स्कूटरहरू रहेका छन्।
विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा आफ्ना चालक साझेदारहरूका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेनको सुरुवात गरेको छ।
अघिल्लो संस्करणको सफलता र चालकहरूको उत्साहजनक प्रतिक्रियापछि यस पटक थप परिस्कृत र ठूला पुरस्कारहरूसहित यो अभियान ल्याइएको हो। यस क्याम्पेनमार्फत इनड्राइभले आफ्ना ड्राइभर पार्टनरहरूको कडा परिश्रम र समर्पणलाई सम्मान गर्ने लक्ष्य राखेको छ।
यस क्याम्पेन अन्तर्गत सहभागी हुन चालकहरूले फेब्रुअरी २३ देखि मार्च १, २०२६ सम्म प्लेटिनम स्ट्याटस प्राप्त गर्न न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ।
मार्च २ देखि मार्च २९ सम्म चल्ने साप्ताहिक चुनौतीहरूमा सहभागी भई चालकहरूले विशेष पुरस्कारहरू जित्ने अवसर पाउनेछन्। ग्रान्ड प्राइजका लागि योग्य हुन चालकले अभियानको चारै हप्ता प्लेटिनम स्ट्याटस कायम राख्नुपर्ने प्रावधान राखिएको छ। पुरस्कारहरूको सूचीमा क्याब चालकहरूका लागि ग्रान्ड प्राइजको रूपमा एक थान ‘टाटा एक्सप्रेस–टी ईभी’ कार र बाइक राइडरहरूका लागि दुई थान ‘याडिया भेलाक्स ईभी’ स्कूटर रहेका छन्।
यसका साथै साप्ताहिक पुरस्कारका रूपमा १६ जनालाई सामसङ स्मार्टफोन र ४ जनालाई स्टेकेसन प्याकेज प्रदान गरिनेछ। आगामी २ अप्रिल २०२६ (२०८२ चैत १९ गते) मा आयोजना हुने एक भव्य कार्यक्रमका बीच ग्राण्ड विजेताहरूको घोषणा गरिने कम्पनीले जनाएको छ। इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले चालकहरू नै इनड्राइभको सफलताको मुख्य आधारस्तम्भ भएको बताएकी छन्।
उनका अनुसार यो अभियान चालकहरूलाई सशक्त बनाउने र उनीहरूको योगदानको वास्तविक मूल्याङ्कन गर्ने एउटा उत्सव हो। सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै शहरलाई चलायमान राख्ने चालकहरूलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि यस्ता लाभदायक कार्यक्रमहरू ल्याइने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

FACEBOOK COMMENTS