काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।
आज पत्रकार सम्मेलन गरेर प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विभिन्न देशको ट्रान्जिटमा रहेका नेपाली पनि सुरक्षित रहेको जानकारी आएको बताए।
उनले खाडीमा रहेका विभिन्न १० नियोगमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क भइरहेको समेत बताए। उनले युएईमा इरानी आक्रमणमा परेर मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव चाँडै ल्याउने समेत बताए।
नेपालीहरूको विवरण सङ्कलन भइरहेको भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्की सुरक्षा सावधानी अपनाएर बस्न आग्रह गरेको उनले बताए।
FACEBOOK COMMENTS