काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले ईरानले अहिलेसम्म देशमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार गरिसकेको जानकारी दिएको छ । तर मन्त्रालयले अधिकांश आक्रमणलाई एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरेको छ ।
मन्त्रालयले दिएको विवरण अनुसार, १८६ मिसाइलमध्ये १७२ वटालाई हवाईमार्गमै रोकेर नष्ट गरिएको थियो । १३ वटा मिसाइल समुद्रमा खसे र एउटा मिसाइल भने युएईको सिमाना भित्र आएर खसेको थियो ।
त्यसैगरी ईरानले पठाएका ८१२ ड्रोनमध्ये ७५५ वटालाई इन्टरसेप्ट गरेर खसालेको मन्त्रालयले जानकारी दिएको छ ।
रक्षा मन्त्रालयले एयर डिफेन्स सिस्टम पूरै सतर्क अवस्थामा रहेको र देशको सुरक्षा सुनिश्चित गर्न हरेक आवश्यक कदम चालिएको बताएको छ ।
FACEBOOK COMMENTS