काठमाडौं । आज प्रतिनिधि सभाको लागि देशभर मतदान सुरु भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिका कारण आज मतदान भएको हो ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म कायम रहने छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान हुने जानकारी दिएको छ । साँझ ५ बजेभित्र मतदान केन्द्रभित्र पसिसकेका मतदाताले मतदान गर्न पाउने आयोगले स्पष्ट गरेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ १६५ सांसद र समानुपातिकतर्फ ११० सांसद छान्न निर्वाचन भएको हो ।
आजको निर्वाचनमा प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै यस्तै, समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसरी कुल ६ हजार ५७१ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

FACEBOOK COMMENTS