काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रको मत गणना भइरहँदा २ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । काठमाडौँ– १ र मुस्ताङमा क्रमश: रास्वपा र कांग्रेसका उम्मेदवार निर्वाचित भैसकेका छन् । त्यसबाहेक अन्य निर्वाचन क्षेत्रको मतगणना जारी छ ।
झापा ५, सर्लाही ४ लगायतका निर्वाचन क्षेत्रसहित धेरैजसो क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । यसैक्रममा रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणनाको प्रारम्भिक मतगणनाको नतिजा आएको छ । यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिएका छन् । यहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छन् ।
रास्वपाका चौधरीले ७०६ मत ल्याउँदा जसपाका योगेन्द्र चौधरी ५६७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका अजय गुप्ता २८८ मतसहित तेस्रो र चौथो स्थानमा नेकपाका माधवकुमार नेपालले २२० मतसहित चौथो स्थानमा छन् । नेपाल पूर्व प्रधानमन्त्री हुन् ।
यस्तै, नेकपा एमालेका नेता सूर्य थापाको जिल्ला प्यूठानमा पनि मतगणना जारी छ । त्यहाँ अहिलेसम्मको मतगणनामा थापा पाँचौँ स्थानमा छन् । प्राप्त विवरणअनुसार एक हजार ३४७ मत गणना हुँदा थापाले ६९ मत पाएका छन् । यो क्षेत्रमा रास्वपाका सुशान्त बैदिक ५०५ मतसहित अग्रस्थानमा छन् ।

त्यस्तै, कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत पाउँदा राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४, नेकपाका कृष्णध्वज खड्काले १०८ मत पाएका छन् ।

FACEBOOK COMMENTS