काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं–५ का लागि उम्मेदवार बनेका कमल थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार उनले कूल २३ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । नोनयन दर्ता शुल्क, मतदाता नामावली खरिद र फोटोकपी, डिजिटल सामग्री उत्पादन, निर्वाचन कार्यालय व्यवस्थापन, गाडी र इन्धन, प्रचार समूहलाई खाना–खाजा, बुथ परिचालनलगायत शीर्षकमा उक्त रकम खर्च भएको उनले बताएका छन् ।
हेर्नुहोस् विवरण–

यति धेरै रकम खर्चिएर निर्वाचन प्रतिस्पर्धा गरेर उनले मत भने जम्मा एक हजार ९२२ पाएका छन् । उनको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलले ३० हजार ७३७ मतका साथ जित हासिल गरेका छन् ।

दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले नौ हजार १५९ र तेस्रोमा नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवार ईश्वर पोखरेलले जम्मा चार हजार ७०१ मत पाए भने थापाले पाएको मत चौथो हो ।

यो पनि पढ्नुहोस्–

रास्वपालाई दुईतिहाइ पुर्याउन हामी सहयोग गर्छौँ : कमल थापा
FACEBOOK COMMENTS