काठमाडौँ । जल तथा मौसम विज्ञानले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती गण्डकी लुम्बिनी सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग साधारणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
FACEBOOK COMMENTS