काठमाडौं । जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लबले आरएस पोखराको पराजित गरेको छ ।
च्यासल मैदानमा विहिबार सम्पन्न खेलमा बागमतीले आरएस पोखरालाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।
बागमतीको जितमा अस्मिता मगर र दिक्षा रानपालले २–२ गोल गरेका थिए प्रजिता राईले एक गोल गरेकी थिइन् ।
त्यसैगरी आरएस पोखराका लागि कप्तान गीता श्रेष्ठले २ गोल गरेकी थिइन् भने तुलसीकुमारी ओली र वर्षा कुवँरले १–१ गोल गरेका थिए ।
FACEBOOK COMMENTS