काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थायी सरकारगठन हुन लागेकोमा निजी क्षेत्रमा आशा पलाएको बताएका छन। नेपाल व्यापार संघ को ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनलाई प्रमुख अतिथिको सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन ।
उनले निरन्तरको अस्थिर सरकारका कारण निजी क्षेत्रले अपेक्षा अनुरूप काम गर्न नसकेकोस्मरण गराउँदै झण्डै दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमागठन हुन गइरहेको स्थायी सरकारले निजी क्षेत्रका समस्याहरू समाधान गर्दै मनोबल उच्चबनाउने र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसरको सदुपयोग हुनेमा निजी क्षेत्रआशावादी र उत्साही रहेको बताए।
अध्यक्ष अग्रवालले रास्वपाको वाचापत्रमा उल्लेखगरिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलगायत प्रतिबद्धताप्रति आफू उत्साहित रहेकोपनि बताए।अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको उल्लेखगरे।
उनले आर्थिक वर्ष २०८१र८२ मा ४/४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भएपनि कोभिड(१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावकाकारण अवस्था बिग्रिएको बताए।उनले भने, “नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर भएर गएको छ। अर्थतन्त्र शिथिल छ।
आर्थिक वर्ष २०८१र८२ मा ४।४ प्रतिशत वृद्धिदरको प्रक्षेपण गरिएको थियो। तर कोभिड–१९ कोप्रभाव र त्यसपछिको व्यवस्थापनको अभावका कारण भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’हुन पुज्ञे।” आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमाझण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको र यसले समग्र औद्योगिक तथा व्यावसायिक वातावरणमा नकारात्मक असर पारेको उनले बताए। यसका कारण निजी क्षेत्रको मनोबलअत्यन्त न्यून भएको उनको भनाइ थियो।

अध्यक्ष अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न देश भए पनि राजनीतिक तथा आर्थिकनीतिगत स्थायित्वको अभावका कारण आर्थिक समृद्धि हासिल गर्न नसकिएको बताए। साथै,युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको पनि उनले उल्लेख गरे।उनले भने, “अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक र आर्थिक नीतिकोस्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न सकेनौं।

हाम्रो युवा जनशक्तिलाई रोजगारीसिर्जना गर्न समेत सकिएको छैन।” उनका अनुसार दैनिक २,५०० भन्दा बढी युवाहरूरोजगारीको अभावमा विदेशिन बाध्य छन्, जसले युवाहरूमा असन्तुष्टि बढाएको छ र यहीअसन्तुष्टि ‘जेनजी आन्दोलन’ को प्रमुख कारण बनेको हो।

अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देश विकासका आधारस्तम्भभएको उल्लेख गरे। उनले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन र विदेशमा हासिल गरेको अनुभवलाई स्वदेशमै सकारात्मक रूपमाप्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले भने, “जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार निवारण, रोजगारी सिर्जना रआर्थिक समृद्धिका मागहरू विकासका पहिलो खुड्किला हुन। सुशासन युवाहरूकोभविष्यप्रतिको भरोसा हो।

विदेशमा हासिल गरेको अनुभवलाई देशमै प्रयोग गर्न आवश्यकछ।”अध्यक्ष अग्रवालले जेनजी आन्दोलनपछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमापुगेको बताए। तर हालै सम्पन्न निर्वाचन परिणामले आशा जगाएको उल्लेख गर्दै आगामीसरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे।उनले भने, “जेनजी आन्दोलनपछि देश संवेदनशील मोडमा पुगेको थियो।

तर हालैको निर्वाचन परिणामले ठूलो आशा जगाएको छ। आगामी सरकारले निजी क्षेत्रको सुरक्षाप्रत्याभूति दिनुपर्छ।”साथै, अध्यक्ष अग्रवालले वि.सं. २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सनेपालको निजी क्षेत्रको पहिलो छाता संस्था रहेको उल्लेख गर्दै २००८ सालदेखि निरन्तरसरकारलाई बजेट निर्माणलगायत विभिन्न विषयमा परामर्श दिँदै आएको स्मरण गरे।
साथै,२०२२ सालमा नेपाल उद्योग वाणिज्य महासंघ को स्थापना प्रक्रियामा समेत चेम्बरकातत्कालीन पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संस्थाले समृद्ध इतिहास बोकेको बताए।
कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले अधिवेशनले व्यवसायीहरूबीचसहकार्य, अनुभव आदानप्रदान तथा नीतिगत बहसलाई सुदृढ बनाएको बताए। “यो अधिवेशनले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने र भावी रणनीति तयगर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ,” उनले उल्लेख गरे।
FACEBOOK COMMENTS