काठमाडौं । एमाले सचिव महेश बस्ने ‘भूमिगत’ बनेको व्यापक हल्ला चलिरहँदा उनी सामाजिक सञ्जालमा पूर्ववत सक्रिय देखिएका छन् । हिजो साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा ‘भूमिगत’ बनेको हल्ला सुरू भएको थियो ।
बस्नेतले केही बेरअघि ताजा स्टाटस लेख्दै आज दिउँसो माइतीघर मण्डलामा आयोजना हुने विरोध कार्यक्रममा अपिल हुन आह्वान गरेका छन् ।
बालेन नेतृत्वको सरकार अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको उनको टिप्पणी छ ।
स्टाटसमा उनले सुधन गुरुङलाई ‘कथित गृहमन्त्री’ भनेका छन् । आन्दोलनको मोर्चामा भेट हुने बताएका छन् ।

FACEBOOK COMMENTS