काठमाडौं । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५औं वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान पुर्याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ ।
चेम्बरले अग्रणी महिला सम्मान शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरेको हो ।
सम्मानितहरूलाई पूर्वराष्ट्रपति रामवरण यादव, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलगायतले संयुक्त रूपमा सम्मान गरे ।
कार्यक्रममा नेपालकी प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, स्काउटिङ क्षेत्रमा रामवदन जोशी, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, पहिलो महिला इन्जिनीयर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, एसएलसी बोर्ड प्रथम लुना भट्ट, पहिलो महिला कमर्सियल पाइलट रक्षा राणा, उद्यमी श्याम बदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति चड्ढा, पर्यटन व्यवसायी श्रृजना राणालाई सम्मान गरिएको छ ।
यस्तै, लायन्स र रोटरी क्षेत्रका मिलन थापा र जया राज्यलक्ष्मी शाह, पूर्व मुख्यसचिव लिला देवी गड्तौला, अर्थशास्त्री डा. पुष्पा श्रेष्ठ, कला तथा मनोरञ्जनतर्फ उर्मिला उपाध्याय गर्ग, अभिनेत्री भुवन चन्द, प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, सचिव बिन्द्रा हाडा, निजी क्षेत्रकी भवानी राणा, नेपाल राष्ट्र बैंककी नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकार लगायतलाई सम्मान गरिएको छ ।



त्यसैगरी, रत्नेश्वरी श्रेष्ठ, ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवाली, चेपाङ समुदायकी मञ्जु प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, चालक मच्छरी देवी चित्रकार, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ (इम्याजिन), बडीबिल्डर निर्मला महर्जन, कलाकार मनिषा कोइराला, पौराणिक व्यक्तित्व सीता (जानकी) र वैदिक दार्शनिक गर्गीलाई पनि विशेष रूपमा उक्त सम्मान समर्पण गरिएको छ ।

कार्यक्रममा प्रथम महिला राष्ट्र«पति विद्यादेवी भण्डारी एवम् नेपालकी प्रथम प्रधानमन्त्री एवम् प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको योगदानको स्मरणसहित सम्मान गरिएको छ ।
त्यस्तै, प्रथम महिला शासक नायब स्व. राजेन्द्र लक्ष्मी शाह, स्व. कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने, साहित्यकार स्व. पारिजात (विष्णु कुमारी बाइवा), स्व. शैलजा आचार्य, स्व. साधना प्रधान अधिकारी, स्व. सहाना प्रधान, मिडियाकर्मी स्व. कृष्णा ताम्राकार, गायिका स्व. सनुमाया गुरुङ, अधिवक्ता स्व. सुशीला सिंह, राजनीतिज्ञ स्व. इन्दिरा श्रेष्ठ, समाजसेवी स्व. अमृता कठायत, राजनीतिज्ञ स्व. द्वारिका देवी ठकुरानी, स्व. चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य स्व. उमा पाण्डे, राजदूत स्व. बिन्देश्वरी शाह, संसद उपाध्यक्ष स्व. कमल राणा, शिक्षाविद् स्व.अंगुरबाबा जोशी र पर्यटन उद्यमी स्व. अम्बिका श्रेष्ठ, शिक्षाविद् स्व. चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक स्व. सुनिता मलेकु, शेयर बजारकी स्व. सुचित्रा खनाल, चालक स्व. रामदेवी श्रेष्ठको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
नेपाल महिला चेम्बरसम्बद्ध रही हालै सम्पन्न निर्वाचनबाट संघीय सांसद बन्न सफल भएका लिमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई समेत सम्मान गरियो । कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
दिवंगत व्यक्तित्वहरूका हकमा परिवारजनमार्फत सम्मान अर्पण गरिएको नेपाल चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्–
सो अवसरमा पूर्व राष्ट्रपति रामवरण यादवले विभिन्न क्षेत्रका नेपालका अग्रणी तथा पथ प्रदर्शक महिलाहरूलाई सम्मान गर्न पाउँदा आफूलाई गौरव अनुभूती भएको बताउँदै सम्मानितहरूबाट सिंगो देश र नयाँ पुस्तालाई हौसला प्रदान हुँदै आएको बताए ।
नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठले २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा नेपाल महिला चेम्बरले अखग्रणी महिला सम्मान कार्यक्रममार्फत नेपाली समाजलाई सम्मानित महिलाहरूको जस्तै ओज हासिल गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्सको इतिहास जति गर्विलो छ यसको साख र गरिमालाई यस्ता कार्यक्रमले अझ उचो पारेको चर्चा गर्दै यस्ता कार्यक्रमले नेपाली महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास व्यक्त गरे ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशका अग्रणी महिलाहरूको योगदानको कदर रुवरूप नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै महिला चेम्बरले महिला सशक्तिकरण, उद्यमशीलता विकास जस्ता विषयलाई जोड दिँदै आएको बताइन् ।
कार्यक्रममा सम्मानितकातर्फबाट चाँदनी जोशीले ऐतिहासिक पृष्ठभूमि बोकेका महिलाहरूको योगदानको स्मरण गर्दै सम्मान समर्पण कार्यक्रम आयोजना गरिएकोमा नेपाल महिला चेम्बरलाई आभार व्यक्त गरिन् ।
FACEBOOK COMMENTS