सल्यान । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका–५ झारकाँडा बस्ने ३२ वर्षीय धन बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।