काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गतको लिग खेलका आज अन्तिम दुई खेल हुँदैछन् ।
आज पीएम कपमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लब बीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबको ८ खेलमा १५ अंक रहेको छ र शिर्ष स्थानमा रहँदै फाइनलका लागि छनौट भएको छ । त्यस्तै लुम्बिनी प्रदेशको ८ खेलमा ९ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल मधेश प्रदेश र नेपाल पुलिस क्लब बीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा मधेश प्रदेशको ८ खेलमा ९ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबको ८ खेलमा ९ अंकनै रहेको छ र चौथो स्थानमा रहेको छ ।
अब शुक्रबार हुने फाइनलमा दुई शीर्ष टिम त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यसअघि पीएम कप विभागीय टिमले मात्र जितेका छन् भने यस पटक सुदूरपश्चिमले चुनौती दिएको छ । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।