काठमाडौं । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ३२ रनले पराजित गरेको हो ।
चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो ।
कोलकोताका लागि रमनदीप सिंहले सर्बाधिक ३५ रन बनाए भने कप्तान आजिख्य रहानेले २८, अंगक्रिश रघुबंशीले २७ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।
चेन्नईका लागि सन्जु सामसनले सर्बाधिक ४८ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ४१ र आयुष मात्रेले ३८ रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यस्तै कोलकोताले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।
