काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशमा हुने बैठकको मिति तय गरिरहेको राप्रपाले जनाएको छ ।
वैशाख दोस्रो साताभित्र सम्पन्न गर्ने गरी राप्रपाको केन्द्रीय सचिवालयले सबै प्रदेशमा समीक्षा बैठकको तयारी सुरु गरेको हो ।

