काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको १४औँ महाधिवेशनबाट चुनिएका उनीपक्षधर केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ ।
पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै खड्का समूह छलफल जुटेको हो । बैठकमा समूहको अबको रणनीति के हुने भन्ने विषयमा छलफल हुनेछ ।
छलफलमा नेता खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामहरि खतिवडालगायत पुगेका छन् । धुम्बाराहीस्थित स्मार्ट होटलमा नेताहरू पुग्ने क्रम जारी छ ।
