काठमाडौं । सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । मोबाइल तथा उपभोक्ता विद्युतीय उपकरण क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित सामसङले यस अभियानमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि निर्वाह गरिरहेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीका अनुसार, यो पहलले नवप्रवर्तनमार्फत जीवनलाई आपसमा जोड्ने आफ्नो दीर्घकालीन उद्देश्यलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ । अभियानअन्तर्गत ‘सामसङ रेमिटमा लाभ’ नामक विशेष योजना सार्वजनिक गरिएको छ, जसले रेमिटेन्समा आधारित परिवारलाई लक्षित गरी सहजता र अतिरिक्त लाभ प्रदान गर्ने उद्देश्य राखेको छ ।
उक्त योजना अप्रिल २४ देखि लागु हुने जनाइएको छ । कम्पनीले रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्वीकार गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका महत्त्वपूर्ण आधारका रूपमा चित्रित गरेको छ ।
यस पहलमार्फत सामसङले आफ्ना कृत्रिम बौद्धिकता सक्षम उपकरणहरूको प्रयोगमार्फत परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, आपसमा जोडिएको र अर्थपूर्ण बनाउने लक्ष्य लिएको छ । कम्पनीका अनुसार, प्रयोगकर्तालाई सरल र सहज अनुभव प्रदान गर्दै प्रविधिलाई जीवनसँग नजिक ल्याउने प्रयास गरिएको छ ।
योजनाअन्तर्गत सामसङले आईएमई रेमिट, एनसेल, खल्ती तथा हुलास फिन सर्भ लिमिटेड सँग सहकार्य गरेको छ । यस सहकार्यमार्फत सामसंगका उत्पादन खरिदमा विभिन्न आकर्षक सुविधा उपलब्ध गराइनेछ, जसअन्तर्गत एनसेल रिचार्जमा अतिरिक्त डेटा, २४ महिनासम्मको सहज किस्ता सुविधा तथा खल्तीमार्फत नगद फिर्ता जस्ता लाभ समावेश छन् । कम्पनीका अनुसार, यो योजना विदेशबाट नेपालमा रकम पठाउने सेवाग्राहीका लागि मात्र लागु हुनेछ ।

यस अभियानले आधिकारिक उत्पादन छनोटको महत्त्वलाई समेत जोड दिएको छ। दीर्घकालीन विश्वसनीयता, सुनिश्चित वारेन्टी तथा एकीकृत प्रविधि अनुभव प्राप्त गर्न आधिकारिक माध्यमबाट खरिद गर्नुपर्ने सन्देश अभियानले प्रवाह गरेको कम्पनीले जनाएको छ ।
