काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजुलगायत विभिन्न स्थानबाट विस्थापित सुकुम्बासीहरूलाई कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थापन गर्ने काम अघि बढाएको छ ।
होल्डिङ सेन्टरमा राखिएका अधिकांश परिवारको साझा चिन्ता भने बालबालिकाको पढाइ बनेको छ । कीर्तिपुरको होल्डिङ सेन्टरको अवस्था बाहिर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएजस्तो नकारात्मक नभएको त्यहाँ बस्नेहरूले बताएका छन् ।
हाल राधा स्वामी व्यास सत्संगले खानपानको जिम्मा लिएको छ । १६ गतेदेखि बिहान–साँझ खाना तथा दुई पटक खाजा–चियाको व्यवस्था हुँदै आएको छ ।
यसअघि होटलबाट ल्याइने प्याकेट खानेकुराप्रति गुनासो गर्दै आएका बासिन्दाहरू अहिले सन्तुष्ट देखिन्छन् ।

