काठमाडौं । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिका १० र ११ मा निर्माण हुन थालेको ४४ मेगावाट क्षमताको आयोजनाको सुरुङ मार्ग, पावर हाउस, ड्याम्प निर्माण कार्य बन्द गर्न स्थानीयले माग गरेका छन् ।
यसअघि विद्युत प्राधिकरणको रोहबरमा ३१ बुँदे सम्झौता गरेको र त्यो सम्झौता पुरा नगरेको भन्दै काम रोक्न माग गरेका छन् । आयोजना प्रभावित स्थानीयले संघर्ष समिति समेत गठन गरेका छन् । समितिले हाई हिमालयन प्रालीलाई पत्र लेख्दै काम काज रोक्न माग गरेका हुन् ।
कम्पनीले सामाजिक उत्तरदायित्व अनुुसार गर्नुपर्ने काम नगरेको स्थानीयको भनाइ छ । यता कम्पनीले ठेकेदारसँग असम्बन्धित माग राखेर स्थानीयहरुले ठेकेदारलाई भोलि देखि काम बन्द गर भनेर पत्र लेखेको जनाएका छन् ।
कम्पनीले सम्झौताअनुसार काम नगरेको, बारम्बार ताकेता गर्दा पनि प्रगति नदेखिएको र आवश्यक निर्णयहरू कार्यान्वयनमा ढिलाइ भएको देखिएको उनीहरुको भनाइ छ।

