काठमाडौं । नेपाली कांग्रेसको संसद समन्वय बोर्डको पहिलो बैठक भोलि बस्ने भएको छ।
बैठक भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा बोर्डका सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम संसद समन्वय बोर्ड गठन भएको थियो।