जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ ।
संसदीय दलको नेता हेरफेरसँगै जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बहुमत सांसदले सरकारबाट बाहिरिने निर्णयसँगै संसदीय दलको नेता समेत परिवर्तन गरेको थियो ।
अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दलको नेताबाट हटाएर चन्दनकुमार सिंहलाई तोकेको पत्रसमेत थमाएका छन् ।
नवनियुक्ति नेता सिंह भर्खरै प्रदेश प्रमुखकहाँ पुगेर सरकरामाथि समर्थन फिर्ताको पत्र बुझाएका छन् । सँगै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ ।

यसैबीच पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश सरकारबाट पार्टी बाहिरिने निर्णय पार्टी र जनताको हितको लागि भएको जिकिर गरेका छन् । उनले आफूहरूलाई मन्त्रीको पद नभई जनताको सेवा प्यारो लाग्ने बताएका छन्।
