काठमाडौं ।सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.५४ अंकले बढेर २७४७.२० विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ३ हजार ९४८ कित्ता सेयर १९ लाख ५० हजार ३४० रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।